बैतडीका प्रेम बलात्कार आरोपमा पक्राउ

धनगढी । बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Nisharg hospital

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...