नेपाल र भारतका वनकर्मीको संयुक्त बैठक : सीमावर्ती क्षेत्रको चोरी सिकारी नियन्त्रण गर्ने सहमती 

Nisharg hospital

धनगढी । कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनाबद्ध एवं थप प्रभावकारी रूपमा अघि वढनेमा दुइ देशका वन सम्बद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाएका छन् ।

बुधवार धनगढीमा सम्पन्न दुइ देशका वन कर्मचारी  र संरक्षणकर्मी बिच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरुले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागी एक अर्कालाई समयमै सुचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका हुन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीमप्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षीसँग निरन्तर सूूचना आदान प्रदान गरिने बताए । सीमा क्षेत्रमा हुन सक्ने यस्ता घटना नियन्त्रणका लागी  नेपालका तर्फबाट वन कर्मचारी अहोरात्र खटिएको भन्दै यसलाई अझ प्रभावकारी बनाइने बताए ।

सीमावर्ती क्षेत्रमा पर्ने कुण्डा सव डिभिजन वन कार्यालय पुनर्वासका वन अधिकृत दिनेश कुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तु बिच द्वन्द्व वढदै गएकाले यसको नियन्त्रणका लागी  दुवै देशले प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने बताए ।

वन्यजन्तुको ओहोरदोहोर गर्ने करी डोरको संरक्षण नगरे सम्म यस्ता घटना वढदै जाने भन्दै उनले यस विषयमा समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...