खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ भोलि दक्षिण कोरिया जाँदै

Nisharg hospital

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ खेलकुद विकास भ्रमणका लागि शुक्रबार कोरिया जाने भएका छन् ।

उनी दक्षिण कोरियाका संस्कृति, पर्यटन तथा खेलकुदमन्त्री यू इन चोनको निमन्त्रणामा कोरिया जान लागेका हुन् ।

भ्रमणमा सोमबार कोरियाका संस्कृति पर्यटन तथा खेलकुद मन्त्रीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै उनले कोरियामा कोरियन एन्टी डोपिङ एजेन्सी, कोरिया ओलम्पिक कमिटीको भ्रमण र अध्यक्षसँगको भेटवार्ता, खेलकुद विश्वविद्यालय भ्रमण तथा नेपालको सम्भाव्यता र अन्य कुराहरुमा छलफल हुने मन्त्रालय स्रोतले बताएको छ ।

६ दिने भ्रमणका लागि दक्षिण कोरिया भ्रमणमा जान लागेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...