धनगढी । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पिनेस सुुदूरपश्चिम प्रदेशका संयोजक घनश्याम भण्डारी (जिएस) को जन्म दिनको अवसरमा मनोरोगीहरुलाई सहयोग गरिएको छ ।

भण्डारीले जन्म दिनको अवसरमा धनगढीको दृस्टी फाउण्डेसनमा आयोजना गरिएको हृदयको आँखा कार्यक्रम मार्फत त्यहाँ आश्रित असहाय तथा मनोरोगीहरुको लालनपालनका लागि सहयोग हस्तान्तरण गरिएको हो ।
मनोरोगीहरुको लागि आवश्यक पर्ने दाल, चामल,साबुन, सर्फ, तेल ,मसला लगायतका सामाग्रीहरु फाउण्डेसनकि अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको हेल्प फर हेप्पिनेस आपतकालीन असहाय सहयोग कोषका संयोजक भरत बिस्टले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गत आपतकालीन असहाय सहयोग कोषका संयोजक भरत बिस्ट लगायत संस्थाका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाका संयोजक भण्डारीले जन्म दिनमा फजुल खर्च भन्दा दिन दुःखी र असहायहरुसँग मनाउने उद्देश अनुरुप नै जन्म दिनको अवसरमा फाउण्डेसनको आश्रीत असहाय मनोरोगिहरुलाई सहयोग गरिएको बताए ।
हेप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा हृदयको आँखा कार्यक्रम मार्फत विभिन्न संस्थाहरुमा आश्रीत असहाय,अति बिपन्न परिवार र ब्यक्तिहरु लाई सहयोग गर्दै आइरहेको छ।
