धनगढी । नेकपा( एमाले) जानकी गाउँकमिटीको आयोजनामा आज असार १५ धान दिवसको अवसरमा जानकी गाउँपालिका वडा नम्बर ८ पहाडिपुरमा जानकी गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष तिर्थराज उपाध्यायको खेतमा धान रोपेर रोपाइ दिवस मनाएको छ।
खासगरि बर्खामा मानो रोपेर मुरि फलाउने यो सिजनमा सबै कृषि पेशा,श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईं कार्यक्रम आयोजना गरेको नेकपा( एमाले) जानकी गाउँकमिटीका सचीव मकर रावलको बताए।
नेकपा( एमाले ) जनता किसान र मजदुरको पार्टी समेत भएकोले पार्टी लाई जनता संग जोडन र कोहि पनि सानोठुलो हुदैन सबैले काम गर्नुपर्छ,कृषि नेपालको पहिचान भएकोले यस्ता कार्यक्रम आवश्यक रहेको जानकी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले बताए।
रोपाइ कार्यक्रममा नेकपा( एमाले) सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा संबिधान सभा सदस्य सुखदया चौधरी ,जानकी ९ कि वडा सदस्य समेत रहेकी नेकपा( एमाले ) कैलाली जिल्ला कमिटी सदस्य कल्पना खड्का,जिल्ला कमिटी सदस्य केशब गिरि र जानकी गाउँकमिटीका नेता कार्यकर्ता लगायतको उपस्तिथि रहेको थियो।
पार्टी लाई जनता संग जोडन र कार्यकता लाई कृषिमा प्रेरित गर्न पनि यो कार्यक्रमले राम्रो संदेश दिएको भन्दै उपस्तिथि सबैलाई नेकपा( एमाले) जानकी गाउँकमिटीका अध्यक्ष प्रदिप कुमार शाहले धन्यवाद व्यक्त गरेका थिए।