२५ वटा काण्ड छानबिन शक्तिशाली आयोग गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका छन

Nisharg hospital
Samajik mantralaye

‘कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नको निमिक्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनले बताएका हुन ।

‘कोही पनि बेचैन हुनु पर्दैन । भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’ उनले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...