असंवैधानिक रूपमा माओवादी कुर्सीमा बस्दैन : सांसद छिरिङ

lok8

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकताको प्रश्न गर्नेहरूले आफ्नै विगत ख्याल गर्नुपर्ने बताएकी छन् ।

Nisharg hospital

नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै आएका छन् । प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने तयारी गर्दासमेत एमालेले राजीनामा मागिरहेको छ । जवाफमा माओवादी सांसद तामाङले असंवैधानिक कदम केही पनि नचालिनेमा स्पष्ट हुन आग्रह गरेकी छन् ।

केही माननीयज्यूहरूले प्रधानमन्त्रीज्यूलाई नैतिकताको आधारमा राजीनामा दिन माग गर्नभएको छ । उहाँहरूलाई संवैधानिक व्यवस्थाप्रतिको बुझाइमा स्पष्ट हुन अनुरोध गर्न चाहन्छु,’ सांसद तामाङले मंगलबार प्रतिनिधि सभाको बैठकमा भनिन्।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको घटना स्मरण गरिन् ।

सेतोलाई कालो देख्ने ज्ञानले देशलाई नै घाटा पुग्छ । नागरिकमा निराशा फैलिन्छ । तपाईंहरूको जिद्दीका कारण २०७७ पुस ५ को कदमबारे अदालतले सिकाइदिनुपरेको थियो । संवैधानिक व्यवस्था विपरीत कुुर्सीमा टाँसिनु हुँदैन भनेर अदालतले व्याख्या गरिदिनु परेको थियो,’ माओवादी सांसद तामाङले भनिन् ।

आफ्नो पार्टीले असंवैधानिक रूपमा कुर्सीमा टाँसिने गल्ती नगर्ने उनको भनाइ छ ।‘माओवादीले कुर्सीको लागि संविधानको गलत व्याख्या गर्दैन, सही अभ्यास गर्छ, सबैलाई सही बाटो देखाउँछ,’ उनी भन्छिन्,

त्यसैले सरकारमा जान खुट्टा उचालिसक्नुभएका माननीयज्यूहरूलाई २८ गतेसम्म धैर्य गर्न र विधि र पद्धतिमा विश्वास गर्न आग्रह गर्दछु ।’

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...