
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका(२७ सहेलापाटामा आज बिहान घरमाथि पहिरो खस्दा एक युवकको मृत्यु भएको छ ।

कमला थापाकी २२ वर्षीय छोरा भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।कमलाको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुको उद्धार गरेको थियो ।
घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ ।
