धनगढीको एलएन चोक नजिकैको सुनचाँदी पसलमा सटरको ताला तोडेर चोरी

Nisharg hospital

८ असोज, धनगढी । धनगढीको एलएन चोक नजिकै रहेको सुनचाँदी पसलमा चोरी भएको छ । एलएन चोकमा रहेको राज श्री सुनचाँदी गहना पसलमा गएराति चोरी भएको हो ।

सटरको ताला तोडेर पसलभित्र प्रवेश गरेको चोरले सुनचाँदीका गरगहना चोरी गरेर लगेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजमा राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर चोरीमा संलग्न व्यक्ति पसल भित्र प्रवेश गरेको देखिन्छ ।

अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ । पसलबाट करीब सवा एक लाख बराबरको गरगहना चोरी भएको पाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...