
धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–१ विशालनगर बस्ने ६३ वर्षीय डम्बर टमटा मृत भेटिएको बताए । उनकाअनुसार बाटोमा एक्कासी ढलेर बेहोस भएर टमटाको मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

यस्तै, बुधबारदेखि बेपत्ता घोडाघोडी नगरपालिका–१ को बेलारका ६० वर्षीय मानबहादुर धामी मृत भेटिएका छन् । डीएसपी बोहोराकअनुसार धामी घोडाघोडीकै सितानगरको डोडा नदीको बीच भागमा अड्किएको अवस्थामा मृत भेटिएका हुन् ।
उनी बुधबार साँझ आफन्तको घर जान्छु भनी हिडेका थिए । धामी सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि भोलिपल्ट इलाका प्रहरी कार्यालय सुखडमा खोजीका लागि निवेदन दिएका सथिए ।
खोजतलास गर्ने क्रममा उनी नदीको बीच भागमा मृत भेटिएका हुन् । दुवै जना मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
