
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

रास्वपाको शुक्रबार विहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक इमान्दारिताका लागि रास्वपाले विश्वासको मत दिने निर्णय गरिएको उनले बताए ।

निर्णय भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ ।संसदीय दलको बैठकमा आफ्ना मन्त्रीहरुले गरेका कार्यको समीक्षा पनि भएकोछ ।
चार महिनाको अवधिमा अझ बढी कार्य गर्न सकिने अवस्था रहेको आत्मसमीक्षा गरिएको झाले बताए । रास्वपाले प्रतिपक्षमा बस्ने र शसक्त भूमिका प्रदर्शन गर्ने निर्णय गरेको छ ।
