सुदूरपश्चिमका स्वास्थ मन्त्री भाट बाढी प्रभावित क्षेत्रमा, संक्रामक राेग फैलिन नदिन स्वास्थ सामाग्री हस्तान्तरण

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ महिला तथा बालबालिका मन्त्री ओमबिक्रम भाट “सरल” ले बाढी प्रभावित क्षेत्रकाे स्थलगत निरीक्षण गरेका छन् ।

Nisharg hospital

२३ र २४ असारकाे वर्षासँगैकाे बाढी र डुबानमा परेका कञ्चनपुरका पाँच स्थानीय तहमा शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री भाटले प्रभावितहरूलाई औषध लगायतका स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका हुन् ।

भाटले पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिका र दाेधाराचाँदनी नगरपालिका क्षेत्रकाे प्रभावित क्षेत्रकाे अनुगमन निरीक्षण गरेकाे उनकाे सचिवालयले जनाएको छ ।

बाढी तथा डुबान प्रभावित क्षेत्रमा फैलिन सक्ने संक्रामक राेगकाे उपचार तथा राेकथामका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरकाे समन्वयमा औषधी, विभिन्न कीट र अन्य स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ ।

Samajik mantralaye

मन्त्रीकाे सचिवालयकाअनुसार प्रभावित क्षेत्रका स्थानीय तहका स्वास्थ शाखालाई औषधी र स्वास्थ सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

स्वास्थ सामाग्री हस्तान्तरण  गर्दै मन्त्री भाटले बाढी तथा डुबानबाट प्रभावित भएका, प्रकाेपजन्य राेग फैलिनसक्ने क्षेत्रकाे पहिचान गरि आवश्यकताका आधारमा वितरण गर्न निर्देशन दिएका छन् ।

“बाढी र डुबानले प्रभावित भएकाे क्षेत्रमा संक्रामक राेग नफैलियाेस्, फैलिएपनि समयमै राेकथाम हाेस् भन्ने उद्देश्यले हामीले औषधी र स्वास्थ सामाग्री हस्तान्तरण गरेका छाैँ,”मन्त्री भाटले भने, “अहिले अतिआवश्यक सामाग्री दिइएको छ । थप आवश्यक परेमा स्थानीय तहकाे मागका आधारमा वितरण गर्छाैँ ।”

उनले स्थलगत निरीक्षणका क्रममा दाेधाराचाँदनी नगरपालिकाकाे वडा नम्बर ३, ६, ८ र १०, बेलडाँडी गाउँपालिकाकाे वडा नम्बर ५ सबैभन्दा बढि प्रभावित भएको पाइएको बताए ।

यी ठाउँमा बाढी र डुबानबाट विस्थापितहरूलाई क्षतिका आधारमा प्रदेश सरकारले राहत वितरण गर्ने उनले बताए ।

मन्त्रालयले यी बाहेकका बाढी र डुबान प्रभावित क्षेत्रमा समेत स्वास्थ सामाग्री र औषधी वितरण गर्ने याेजना रहेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...