धनगढी । धनगढीमा डेढ लाख मूल्य बराबरको अवैध ब्रोइलर कुखुराकाे मासुसहित एक जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय कृष्ण रानाले भारतबाट कटिङ गरेर ल्याउँदै गरेकाे अवस्थामा ५० किलाे ब्रोइलर कुखुराकाे मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टाेलीले रानाले भारतबाटै कटिङ गरेकाे मासु सु.प.प्र.०१०१०प २४६४ नम्बरको मोटरसाइकलमा पसलमा पुगाउने बेला उनलाई नियन्त्रण लिएकाे थियो ।
रानालाई प्रहरी चौकी कनरीकाे जिम्मा लगाइएको छ ।
