
धनगढी । कैलालीमा पहिरोमा परेका बालककाे मृत्यु भएकाे छ ।

बाख्रा चराउने क्रममा शनिबार बिहान पहिरोमा परेका चुरे गाउँपालिका-६ बस्ने हर्कबहादुर दमाईको १३ वर्षीय छाेरा सन्तोष नेपालीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले नेपाली घर नजिकै बाख्रा चराउन गएका बेला माथिकाट खसेकाे पहिराे लागेर गम्भीर घाइते भएकाे बताए ।
उनकाे उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएकाे बाेहाेराले बताए ।
प्रादेशिक अस्पतालमा उनकाे शव परीक्षणपछि परिवारले शब बुझेकाे प्रहरीले जनाएको छ ।
