कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा सवारी दुर्घटना परेर दुई जनाको मृत्यु भएको छ ।

Nisharg hospital

भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति साढे १० बजे छाडा गाईसँग ठोक्किदा दुर्घटना भएको थियो ।

Samajik mantralaye

मोटरसाईकल गाईसँग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसीको मृत्यु भएको हो । गम्भीर घाइते भएका पुरैसीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोधाराचाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीणतर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३ बजे आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किदा दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा नामथर नखुलेको अन्दाजी ३०/३५ वर्षीय २ जना पुरुष गम्भिर घाइते भएको प्रहरीले जनाएको हो ।

घाइते भएका दुइजनालाई उपचारको लागि दोधारा चाँदनी अस्पताल ल्याईएकोमा १ जनालाई ३ः४५ बजे चिकित्सजले चेकजाँच गर्दा मृत घोषणा गरेको र १ जनाको अवस्था गम्भिर भई महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...