कैलालीका ५ स्थानीय तहमा सार्वजनिक विदा

धनगढी । कैलालीका ५ स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ ।

Nisharg hospital

कमैया मुक्ति दिवसको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिएका हुन् ।

२४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक विदा दिएका हुन् ।

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक विदा दिएको बताए ।

पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो। राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा ग¥यो ।

२७ हजारभन्दा बढी कमैयाहरू मुक्त भए। त्यसयता कमैया दिवस मनाइँदै आएको मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...