कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा कर्मचारीको मृत्यु

panchodaye

महेन्द्रनगर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ भीमदत्त नगरपालिका–४ स्थित भाँसीमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा शुक्लाफाँटा नगरपालिका–५ बनसमितका रुद्र बहादुर ओलीको मृत्यु भएको हो ।

Nast college

महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेशप्रसाद जोशीले बताए ।

Nisharg hospital

दुर्घटनामा भीमदत्त नगरपालिका–६ का ५२ वर्षीय हरिदत्त जोशी घाइते भएका छन् । मृतक ओली शुक्लाफाँटा नगरपालिकाका कर्मचारी हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...