कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेका छन् : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

Nisharg hospital

काठमाडौंमा बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको टिप्पणी गरे ।‘००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले गरेका हौं र ०६२/६३ को पनि हामीले गरेका हौं भनेर डंगा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस–कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ’, लिङ्देनले भने ।कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै उनले यो चिन्ताको विषय भएको बताए ।‘अरु दलहरु, नागरिक समाज सबैले यत्रो खबरदारी गर्दा त कांग्रेस– एमालेको यो प्रकारको बिगबिगी छ, कांग्रेस–एमाले मात्र भयो भने यो देश कस्तो हुन्छ होला ?’, उनले प्रश्न गरे ।अध्यक्ष लिङ्देनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको बताए ।

उनले पार्टीको आधार भनेको जिल्ला, क्षेत्र र स्थानीय तह नै हो भन्दै केन्द्रबाट हुने घोषणा र निर्णयले पार्टी बलियो हुन नसक्ने धारणा राखे ।जिल्ला अध्यक्षको भेलामा पार्टीको विषयमा खुला छलफल गर्न पनि अध्यक्ष लिङ्देनले आग्रह गरे । ‘केन्द्रीय अध्यक्षको कमजोरी देखिन्छ भने पनि खुलेर आलोचना गरौं, अरुको देखिन्छ भने पनि आलोचना गरौं’, उनले भने ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...