बैतडीमा बलात्कार प्रयास गर्ने ‘हेड सर’ पक्राउ

Rojgar mela

बैतडी । बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक(हेड सर) पक्राउ परेका छन् ।

Nisharg hospital

पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका १ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत छन् । उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...