धनगढीकी उपमेयर रानासहितको टोलीद्वारा बाढीमा फसेका २९ जनाको उद्धार

Nisharg hospital

९ असोज, धनगढी । धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानासहित सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका २९ जनाको सकुसल उद्दार गरेको छ ।

उपमहानगरपालिका–१८ को नुक्लिपुरमा गाईवस्तु चराउन गएका बेला मोहना नदीमा बाढी आएपछि अलपत्र परेकाहरुको उद्दार गरिएको हो ।

Dhangadhi suchana

स्थानीय बासिन्दा मोहना नदी पारी फसेको जानकारी पाएपछि उपमेयर राना नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोलीसहित त्यहाँ पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीबाट खटिएको टोलीले उनीहरुको उद्दार गरेको जानकारी दिए । उपमेयर रानासँग नगर प्रहरी समेत मोहना नदी पुगेका थिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...