धान खेतमा एक जनाको शव फेला

panchodaye

जनकपुरधाम । सप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ । छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो ।

Nast college

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक अवधेश यादवका अनुसार बिहान ७ः४५ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार उनी स्थानीय निरज भट्टामा मुन्सीको रुपमा कार्यरत थिए । इट्टाभट्टा बन्द रहेकाले तीन, चारजना कामदार मात्र त्यसमा बस्दै आएका छन् ।

Nisharg hospital

घटनास्थलभन्दा सय मिटर पर उनले काम गर्ने इट्टाभट्टा रहेको छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि सगरमाथा गजेन्द्रनारायाण हस्पिटलमा लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...