धनगढी । कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमका ९ वटा जिल्ला प्रशासन कार्यालय मध्ये डडेल्धुरा पहिलो भएको छ भने देशभर ११ औँ भएको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले ९६.५६२५ अंक प्राप्त गर्दै सुदूरपश्चिममा पहिलो र देशभर ११ औँ स्थान हासिल गरेको छ ।
कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएका थिए । डडेल्धुरापछि जिल्ला प्रशासन कार्यालय डोटीले ९५.६८७५ अंक ल्याउँदै सुदूरपश्चिममा दोस्रो र देशभर १५ औँ स्थान कायम गरेको छ ।
तेस्रोमा रहेको दार्चुलाले ९३.९३७५ अंक प्राप्त गर्दै २८ स्थानमा परेको छ भने ९३.७८५ अंक पाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ३० औँ स्थानमा छ ।
जिल्ला प्रशासन कार्यालय कैलाली ९३.३१२५ अंकसहित पाचौँ तथा देशभर ३२ र्आैँ स्थानमा पर्दा ९१.३७५ अंकसहित जिल्ला प्रशासन कार्यालय बैतडी ५१ औँ र ९०.६८७५ अंकसहित ५५ औँ स्थानमा बझाङ परेको छ ।
६९ औँ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले ८५.५६ र ७४ औँ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय अछामले ८०.१८७६ अंक प्राप्त गरेको छ ।
देशभरमा भने जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।