पूर्व श्रीमान नआएपछि कैलालीकी हजारी आफैले गरिन् छोरी करिष्माको अन्त्येष्टि

Dhangadhi

धनगढी । कैलालीमा पूर्व श्रीमान नआएपछि हजारी बिष्टले १३ वर्षीया छोरी करिष्माको शव बुझेर आफैले अन्त्येष्टि गरेकी छन् ।

Nisharg hospital

सम्बन्धविच्छेद गरेका श्रीमानले जन्डिसका कारण ज्यान गुमाएकी छोरीको शव अस्वीकार गरेपछि बुधबार बिष्टले आफैले शव बुझेर धनगढीको त्रिवेणी घाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेकी हुन् ।

add krishi mela

एनका पूर्व श्रीमान बैतडीको डिलासैनी गाउँपालिका–२ स्थायी घर भएका लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेका थिए ।

ok

घरडीले नबुझ्दा बालिकाको शव दुई दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो भने उनकी आमा घोडाघोडी नगरपालिका–८ बस्ने हजारी बिष्ट भौँतारिएकी थिइन् ।

तर बिष्टले बुधबार जिल्ला प्रहरी कार्यालयमा करिष्माको शव बुझेर हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्न पाउ भनेर जाहेरी दिएकी थिइन् ।
उनको जाहेरीपछि प्रहरीको आग्रहमा सेती प्रादेशिक अस्पतालले करिष्माको शव परीक्षण गरेर बुझाएको थियो ।

२०७७ सालमा श्रीमती हजारीसँग सम्बन्धविच्छद गरेका घरडीले मृतक छोरीको नामको अंश दिएपछि मात्र शव बुझ्ने अडान लिएका थिए तर बिष्टले छोरीको पालनपोषण आफैले गरेको भन्दै अंश नदिने बताएकी छन् ।

मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । २० साउनमा अकस्मात बिरामी भएकी छोरीलाई हजारीले घोडाघोडी अस्पतालमा भर्ना गरेकी थिइन् । घोडाघोडी अस्पतालले धनगढीको नोभा हस्पिटल पठाएको थियो ।

नोभा हस्पिटलले जन्डिसका कारण स्वास्थ्य अवस्था जटिल भएको भन्दै प्राथमिक उपचार गरेर नेपालगञ्ज रेफर गरेको थियो । नेपालगञ्ज लैजाने क्रममा छोरीको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो।

श्रीमानसँग सम्बन्धविच्छेद हुनुभन्दा अगाडी गोदावरी नगरपालिका–४ को बुढितोलामा बस्दै आएकी बिष्ट अहिले दुई छोरीसहित माइतीघर घोडाघोडीमा बसिरहेकी छन् । छोरालाई भने २०७७ सालमै घरडीले आफैसँग लगेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...