बाँके । बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरेको छ ।

आज दिउँसो साढे ४ बजे बैतडी उडेको अन्त्रपूर्ण एयरलाइन्सको हेलिकष्टर मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वार्ड १ को बगरमा आकस्मिक अवतरण गरेको हो ।
मौसम खराबीका कारण सो हेलिकप्टर आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी नारायण डाँगीले बताए ।
उनले उक्त हेलिकप्टर काठमाडौँबाट नेपालगन्ज लागि उडेको र नेपालगन्जपछि बैतडी जाने योजना रहेको खुलाए ।
