धनगढी । कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाईते भएकी छन् ।
शुक्लाफाँटा नगरपालिका–४ आसपुरीमा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँकी १३ वर्षीया बिपना चुनाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीकाअनुसार सोही ठाउँ बस्ने १३ वर्षीया दिविका सुनारलाई घाईते अवस्थामा उद्दार गरिएको छ ।
उनको अहिले उपचार भईरहेको छ । यस्तै भीमदत्त नगरपालिका–१९ बागँफाटा स्थित वडा नम्बर १९ को कार्यालय पछाडी रहेको पानीको तलाउमा डुबेर सोही ठाउँ बस्ने ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ ।
रानालाई डुबिरहेको देखेपछि आमाले घाईते अवस्थामा फेला पारी उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुगाएकी थिइन् तर रानालाई बुधवार चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।