
काठमाडौं। बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको दावीसहित २४ लाख रुपैयाँ नगद र ५ जना पक्राउ परेका छन्।


पक्राउ पर्नेहरूमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय बिमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् ।

राँझा एयरपोर्टबाट काठमाडौं जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
