कैलालीमा पूर्व प्रेमीकै साथीबाट किशोरीमाथि सामूहिक बलात्कार, यस्तो छ भित्री कथा

Nisharg hospital
Bogtan

धनगढी । सामूहिक बलात्कारमा परेकी कैलालीको गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरी ७ महिनासम्म प्रेमीसँग लिभिङ टुगेदरमा बसेको पाइएको छ । लिभिङ टुगेदरमा रहेका प्रेमीसँग सम्बन्ध बिग्रिएपछि किशोरी उनकै साथीबाट सामूहिक बलात्कारको सिकार भएको प्रहरी अनुसन्धानबाट देखिएको हो ।

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनका पूर्व प्रेमीका साथी समेत रहेका गोदावरी नगरपालिका–१० का २२ वर्षीय पदम थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ भने अन्य पाँच जना फरार भएका छन् ।

kmc
Nast

फरार हुनेमा किशोरीमाथि गोदावरीको जंगलमा सामूहिक बलात्कार गर्ने युवक, उनीहरुलाई सघाउने अन्य तीन र किशोरीका पूर्व प्रेमी रहेको प्रहरीले जनाएको छ । फरार भएकाहरुको खोजी जारी राखिएको छ ।

लिभिङ टुगेदर टुटेपछि सामूहिक बलात्कार

गोदावरी नगरपालिका–३ बस्ने १७ वर्षीया किशोरीलाई अपरिचित व्यक्तिले फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउँछन् । दुवै जना फेसबुकमा साथी भएपछि कुराकानी गर्न थाल्छन् ।

कुरा साउन दोस्रो सातातिरको हो, अपरिचित व्यक्तिले किशोरीलाई राति साढे ११ बजे भेट गर्ने प्रस्ताव गर्छन् । किशोरीले युवकको प्रस्ताव सहजै स्वीकार गर्छिन् र घरको गेट बाहिर आइराख्ने भन्दै लोकेशन दिन्छिन् ।

किशोरीले दिएको लोकेशनका आधारमा थापा एकजना अर्का साथीसँगै उनको घरको बाहिर पुग्छन् । उनीहरु त्यहाँबाट मोटरसाइकल चढेर किशोरीसहित गोदावरीको मालाखेती सामुदायिक वनको जंगलतर्फ लाग्छन् ।

जंगलमा पुगिसकेपछि थापाले किशोरीमाथि बलात्कार गर्छन् । एकैछिन्मा नाटकीय रुपमा तीन जना युवाहरु देखा पर्छन् । तीनै जनाले थापा र बिक थरका उनका साथीलाई यति राति जंगलमा केटी ल्याएर जथाभावी गर्ने भन्दै कुटपिट गरेजस्तो गर्छन् ।

उनीहरु दुवै जना त्यहाँबाट मोटरसाइकल चढेर घरतिर भाग्छन् । त्यसपछि किशोरीलाई तीन जनाको समूहमा रहेका मध्येका एक युवकले बलात्कार गर्छन् भने अन्य दुई जना पनि त्यहाँबाट हिडिसकेका हुन्छन् ।

किशोरीमाथि जबरजस्तीकरणी गरिसकेपछि राति करीब साढे १ बजेको समयमा उनै युवकले मोटरसाइकलमा राखेर घरमा पुगाइदिन्छन् । किशोरीमाथि बलात्कार गरेर मध्यरातमा घर पुगाउने युवक अरु नभएर किशोरीलाई सुरुमा जंगलमा लगेर बलात्कार गर्ने थापाकै साथी हुन्छन् ।
प्रहरी स्रोतकाअनुसार उनीहरु पाँचै जनाले योजनाबद्ध रुपमा युवतीलाई जंगलमा लगेर जबरजस्तीकरणी गरेको देखिन्छ ।

suklaphata

रोचक कुरा के छ भने, यसरी किशोरीमाथि सामूहिक बलात्कार गर्ने युवकहरु अरु कोही नभएर उनकै पूर्व प्रेमीका साथीहरु रहेको तथ्य खुलेको छ ।

गोदावरी नगरपालिकाकै ती युवक किशोरीसँग ७ महिनाजती लिभिङ टुगेदरमा बसेका थिए भने सम्बन्ध बिग्रिएपछि छाडेका थिए ।

…अनी जोडिए थापा

हाल इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा रहेका गोदावरी नगरपालिका–१० का पदम थापा किशोरीबारे उनका पूर्व प्रेमीबाट थाहा पाएपछि फेक आइडीबाट साथी बनाएर कुराकानी गर्न थालेका थिए ।

किशोरीलाई सहजै प्रेम जालमा पार्न सकिने चाल पाएका थापा सामाजिक सञ्जाल फेसबुकबाट मात्र समेत कुराकानी गर्थे । आफ्नो वास्तविक परिचय लुकाएका थापाले नभन्दै छोटो समयमै किशोरीलाई आफूप्रती आर्कषित गरेका थिए ।

प्रहरी स्रोतकाअनुसार पूर्व प्रेमीले थापालाई किशोरीले सहजै शारीरीक सम्बन्ध राख्न दिने कुरा भनेपछि उनी लोभिएका थिए । एकातिर ७ महिनासम्म लिभिङ टुगेदरमा बसेकी किशोरीको प्रेमीसँगको बिछोडको मौका पारेर उनले प्रेमजालमा पारे ।

थापाले पनि यो कुरा आफैमा सिमित राख्दैनन् । अन्य साथीहरुलाई समेत शेयर गरेपछि योजनाबद्ध रुपले किशोरीमाथि सामूहिक जबरजस्तीकरणी गर्ने भाव जागेको अनुसन्धानले देखाएको छ ।

इमेलबाट खुल्यो थापाको पहिचान

अपरिचित युवाको समूहले आफूमाथि बलात्कार भएको व्यहोराको उजुरी लिएर किशोरी इलाका प्रहरी कार्यालय मालाखेती पुग्छिन् । घरसम्म पुगेर राति मोटरसाइकलमा हालेर जंगलतर्फ लैजाने थापासँग पनि उनको फेसबुकबाट मात्र कुराकानी भएकाले युवाको पहिचान गर्न प्रहरीलाई चुनौती हुने नै भयो ।

त्यतिबेलासम्म युवकले फेक फेसबुक आइडी समेत ब्लक गरिसकेका थिए । तर कैलाली प्रहरीले साइबर ब्युरोको सहयोगमा त्यो फेक आइडीको गोदावरी नगरपालिका–१० का पदम थापाको भएको पत्ता लगाउँछन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले फेसबुक आईडीमा भेटिएको इमेल आईडीका आधारमा थापाको पहिचान भएपछि घटनाबारे अरु तथ्य खुलेको जानकारी दिए । बिष्टले युवकको समूहले निकै चलाखीपूर्वक तरिकाले फेक आईडी बनाएर युवतीलाई प्रेमजालमा पारी जबरजस्तीकरणी गरेको देखिएको बताए ।

घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै बिष्टले फरार रहेकाहरु पक्राउ परेपछि थप तथ्य खुल्ने बताएका छन् । प्रहरीकाअनुसार युवतीले अहिले पूर्वप्रेमीसहितका ६ जनाको नाममा किटानी जाहेरी दिएकी छन् । उनीहरु मध्ये तीन जना जबरजस्तीकरणीमा संलग्न र अन्य तीन जनाले सहयोगीको भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ । फरार रहेका पाँच जनाको परिचय तत्काललाई भने गोप्य राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...