गृहमन्त्री लेखककाे गृह जिल्लामै जल्याे पुत्ला

धनगढी । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ ।

Nisharg hospital

नेपाल कम्युनिस्ट (बहुमत) पार्टीको भातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले लेखकको गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पुत्ला जलाएका हुन ।

क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले झुट्टा मुद्दा खारेज गर,  नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरूको  संरक्षक गृहमन्त्री रमेश लेखक राजीनामा दे, लगायतका नारा लगाउँदै पुत्ला जलाएका थिए ।

क्रान्तिकारी युवा सङ्गठन नेपालका सुदूरपश्चिम संयोजक दीपेन्द्र ऐरीले २३ साउनमा काठमाडौँमा पत्रकार सम्मेलन गरी घर फर्किने क्रममा प्रहरीले पक्राउ गरेका पार्टीका सदस्य किशोर (अविनाश) कुवरलाई रिहाइका लागी सरकारलाई दबाब दिन गृहमन्त्री लेखकको पुत्ला जलाइ विरोध गरिएको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...