बाजुरा । बाजुरामा घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार मृत्यु भएको हो ।

उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्याङबाट (सिढी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
