दरबारमार्गको भ्वाङ परेको सडकमा खसेर इन्स्पेक्टर घाइते

Nisharg hospital
Bogtan

काठमाडौं । टुकुचा छोपेर बनाइएको दरबारमार्ग-काठमाडौं प्लाजाबीचको सडकमा बिहीबार राति भ्वाङ पर्‍यो । त्यो भ्वाङमा खसेर एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।

suklaphata
स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
kmc
Nast

बूढाथोकीको निधार र हातमा चोट लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। निधारमा उनलाई टाँकासमेत लगाइएको छ । उनी डिस्चार्ज भइसकेको अधिकारीले  बताए ।भ्वाङ परेपछि रातिदेखि नै यहाँ सवारी आवागमन प्रभावित भएको छ । ट्राफिकले अहिले यो सडक खण्ड बन्द गरेको छ । दरबारमार्गबाट काठमाडौं प्लाजतर्फ जान मिल्ने गरी यो बाटो एकतर्फी छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...