काठमाडौं । आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जमानतमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार यस्तो फैसला गरेको हो । सिसोदियालाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरेको थियो ।बीबीसीका अनुसार उनलाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।
आम आदमी पार्टीकी राज्य सभा सांसद स्वाती मालीवालले भनेकी छन्, ‘मनिष जीको निर्णयमा धेरै खुसी छु । शिक्षा क्रान्तिका जनक मनिष सिसोदिया झूट र षड्यन्त्रको जाल तोडेर डेढ वर्षपछि जेलबाट बाहिर आएका छन् ।’
