धनगढीमा पाँच वर्ष कैद भुक्तान गरि छुटेकाे ६ दिनमै सुन चाेरी गर्ने गिरी सार्वजनिक

Nisharg hospital

धनगढी । धनगढीमा चाेरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेकाे हप्ता दिन नपुग्दै चाेरी आराेपमा एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीलाई बिहीबार सुन र चाँदीका गरगहना चाेरी गरेकाे आराेपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले धनगढी उप-महानगरपालिका-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट नगरसहित चाेरी गर्ने गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार गिरीले घरमा काेही नभएको माैका बुधबार बिहान ओझाकाे घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी  गरेकाे खुलेकाे बिष्टले बताए ।

उनकाअनुसार सीसीटीभी फुटेजका आधारमा गिरीकाे पहिचान गरेर धनगढी उपमहानगरपालिका- १ स्थित अमन नेपाली बस्ने घरकोठाबाट पक्राउ गरिएको हाे ।

गिरीकाे साथबाट चाेरी गरिएको  चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएकाे छ ।

गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गिरी चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ बर्ष कैद सजाय भएर २७ कात्तिक २०७७ देखि
कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।

१७ साउनमा कैद भुक्तान गरि छुटेका गिरी हप्ता दिन नबित्दै फेरि चाेरी आराेपमा पक्राउ परेका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...