धनगढीमा रक्तदानबारे सचेतना फैलाउन पत्रकार उपाध्यायले थाले अभियान

Seti
arth ok

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रक्तदानबारे सचेतना फैलाउने उद्देश्यले स्वयंमसेवी रक्तदाता दिपकप्रसाद उपाध्यायले अभियान थालेका छन् ।

Nisharg hospital

अहिलेसम्म सुदूरपश्चिममै सबैभन्दा सर्वाधिक १०५ पटक रक्तदान गरिसकेका पत्रकार समेत रहेका उपाध्यायले विभिन्न जिल्लाबाट उपचारका आउने रगत चाहिने बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध होस् भन्ने ध्येयले शुक्रबारदेखि अभियान शुरु गरेका हुन् ।

अभियानको प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र मन्त्रालयका प्रवक्ता हेमराज खड्काले संयुक्त रुपले थालनी गरेका छन् । उनीहरु दुवै जना सामाजिक विकास मन्त्रालय र सेती प्रादेशिक अस्पतालमा रक्तदान सम्बन्धी जानकारी मुलक बोर्ड राखेर अभियान सुरु भएको घोषणा गरेका हुन् ।

HPV

मन्त्रालयका प्रवक्ता खड्काले अभियान अन्तरगत धनगढीका विभिन्न अस्पताल, मन्त्रालय, कार्यालय तथा विभिन्न सार्वजनिक स्थानमा सचेतनामुलक सन्देशसहितको बोर्ड राखिनेछ । अभियानले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि हुने, रक्तदाताको संख्या बृद्धि हुने र त्यसले रगत चाहिने बिरामी र तिनका आफन्तहरुलाई सहज हुने विश्वास लिइएको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...