बैतडी समाजले आयोजना गरेको रक्तदान महोत्सवमा ७७ जनाले दिए रगत

Rojgar mela

धनगढी  ।  बैतडी समाजले आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका छन । धनगढीको पदमा नर्सिङ कलेज परिषरमा आयोजना गरिएको रक्तदान महोत्सवमा ३० जनाले पहिलोपटक रक्तदान गरेका संयोजक बीर बहादुर महराले जानकारी दिए ।शनिबार विहान सुदूरपश्चिमका भौतिक पुर्वाधारमन्त्री सुरेन्द्र बहादुर पालले रक्तदान महोत्सवको उद्घाटन गरेका थिए ।  बैतडी समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम र एक पटक स्वास्थ्य शिविर गर्दै आएको छ । बैतडी समाज कैलाली गठन भएयता यो १३ औं पटकको बृहत रक्तदान हो । अहिलेसम्म गरिएका १२ वटा कार्यक्रममा १ हजार ७५ जनाले रक्तदान गरिसकेका बैतडी समाजले जनाएको छ ।

Nisharg hospital

समाजका रक्तदान संयोजक बीरबहादुर महराले यसपाली रक्तदान गर्नेलाई अफरै अफर रहेको बताए । पहिलो पटक रक्तदान गर्नेलाई रेन्वो कलर ल्याबले उनको रक्तदान गरिरहेको फोटो फ्रेम गरेर उपहार दिने भएको छ ।यस्तै पहिलो पटक रक्तदान गर्नेहरुलाई धनगढी–४, उत्तरबेहडी स्थित समृद्धि डेन्टलले एक वर्षका लागि निःशुल्क दन्त सेवा उपलब्ध गराउने भएको छ ।

रातोपुलमा रहेको डिलाईट क्याफेले पहिलो पटक रक्तदान गर्ने र उनको एक जना साथी सहितलाई एक वर्षसम्मका लागि १० प्रतिसत छुट कार्ड उपलब्ध गराउने भएको छ । चटकपुर स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले पहिलो पटक रक्तदान गर्ने रक्तदाता र परिवारको थप एक जना सदस्यलाई एक वर्षभरी ओपिडि पर्चाको शुल्क मिनाहा गर्ने भएको छ ।धनगढीकै अनुपमा बेकरीले पहिलो पटक रक्तदान गर्नेलाई उसको एउटा जन्मदिनमा एउटा केकमा ५० प्रतिसत छुट दिने भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...