काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् ।लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो । त्यसैगरी क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्धय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले १६ मंसिर २०७७ मा फैसला सुनाएको थियो ।