
धनगढी ।सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशीलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्तामा नियुक्त गरेको जानकारी दिए ।
भट्टले प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम जाेशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकाे बताए ।
धनगढी उपमहानगरपालिका-२ घर भएका जाेशी <यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए ।
