सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

Nisharg hospital

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् ।

२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयाेजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरि पत्र पठाएकाे बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।
उनकाअनुसार बैठककाे समय निर्धारण गर्न भने बाँकी रहेको छ ।

कांग्रेस-एमालेकाे समर्थनमा २० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षकाे बजेट ल्याउने तयारी समेत गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...