सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

Samajik mantralaye

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

Nisharg hospital

समिति सभापति सूर्य थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराएका छन् ।राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...