बेलबारीमा मृत भेटियो छावा

विराटनगर । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको  हो ।

Nisharg hospital

योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले  छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षीय जंगली हात्ती मृत फेला परेको थियो ।सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार आज मृत भेटिएको पोथी छावा अनुमानित २–३ वर्षको देखिन्छ । छावाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पुगेपछि मृत भेटिएको छावाको पोष्टमार्टम हुनेछ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०–१२ वटा हात्ती देखा परेको थिए ।  एकसाता यता बेलबारी आसपासमा जंगली हात्तीको बथान देखिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...