धनगढीका बमले जन्म दिनमा आमाको माया छात्रबासका विद्यार्थीलाई खिर खुवाए

lok8

धनगढी । धनगढीका युवा दिनेश बमले जन्म दिनको अवसरमा आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएका छन् ।

Nisharg hospital

मंगलबार परेको जन्म दिनको अवसर पारेर बमले छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर जन्म दिन मनाएका हुन् ।

बमले जन्म दिनमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल गर्ने नियन्त्रण गर्ने उद्देश्यका साथ छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर मनाइएको बताए । उनले छात्रबासमा दियो बालेर विद्यार्थीहरुबाट स्तुती समेत ग्रहण गरेका थिए ।

धनगढी उपमहानगरपालिका–३ घर भएका बम विभिन्न सामाजिक काममा आवद्ध रहदै आएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...