छावा मृत्युको कारण विद्युतीय धराप, एक जना पक्राउ

विराटनगर  । मंगलबार मोरङको बेलबारी नगरपालिका–३ मा मृत भेटिएको हात्तीको बच्चा (छावा) विद्युतीय धरापका कारण मरेको खुलेको छ ।

Nisharg hospital

मंगलबार बिहान स्थानीय विनोद थापाको टिक (एक प्रकारको रुख) बगानभित्र अन्दाजी २-३ वर्षको पोथी छावा मृत फेला परेको थियो ।प्रारम्भिक अनुसन्धाका क्रममा न्याउरीमुसोका लागि थापेको विद्युती धरापमा परेर हात्ती मरेको देखिएको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए ।

पासो थापेको आरोपमा बेलबारी नगरपालिका–३ का ४६ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरी कारवाहीका लागि वन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नतले जानकारी दिए ।राईविरुद्ध वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत अनुसन्धान सुरु गरेको छ ।

छावा मृत फेला परेको घटनास्थल राईको घरदेखि लगभग २० मिटरको दुरीमा छ । घरमा पालेका कुखुरा न्याउरीमुसोले खाएर दु:ख दिएपछि न्याउरी मार्नका लागि पासो थापेको देखिएको बस्नेतले बताए ।पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा-६ मा गत ३० जेठमा भाले छावा मृत भेटिएको थियो ।

१६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...