
विराटनगर । जनमत पार्टीबाट सामान्य प्रशासनमन्त्री बनेकी अनितादेवीका राजनीतिक सल्लाहकार भइसकेका झापाका बुद्धिराज न्यौपाने मानव तस्करीको आरोपमा पक्राउ परेका छन् ।


मौरिसस गएपछि ग्रिन कार्डसमेत बनाइदिने आश्वासन दिएका न्यौपानेले ती युवतीलाई मौरिससका एक नागरिकलाई बेचेको खुलेको छ । ती युवतीलाई मौरिससमा एक घरमा घरेलु कामदारको रूपमा पठाएको अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार घरधनीले मानसिक र शारीरिक यातना दिएपछि उनी भागेर पोर्चुगल पुगेकी थिइन् ।
पक्राउ परेका न्यौपानेले कांग्रेस नेता कृष्ण सिटौलाको सचिवालयमा बसेर समेत काम गरेका थिए । सिटौला गृहमन्त्री हुँदा उनी स्वकीय सचिवसमेत भएको झापाका कांग्रेस नेताहरू बताउँछन् । उनले सिटौलाको सचिवालयमा बसेर काम गर्दा समेत गैरकानूनी काम गर्न थालेपछि सचिवालयबाट हटाइएको थियो । न्यौपानेलाई सचिवालयबाट हटाइए पनि उनी काङ्ग्रेसको राजनीतिमा भने सक्रिय थिए ।
उनले कमल गाउँपालिकाको सभापतिका लागि भएको निर्वाचनमा खगेन भण्डारी र उनको बराबरी मत आएको थियो । आधा-आधा कार्यकाल बाँड्ने सहमतिअनुसार उनी सभापति भए । स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार हुकुमसिंह राईलाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले कारबाही गरेको थियो ।
