धनगढीबाट छुटेको बस डाेटीमा दुर्घटना, १६ जना घाइते

Dhangadhi

धनगढी । डाेटीमा बस दुर्घटना भएकाे छ । बिहीबार धनगढीबाट छुटेकाे शैलेश्वरी यातायातकाे ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका-४ स्थित रेडियो नेपालकाे प्रशारण केन्द्र नजिकै दुर्घटनामा भएकाे हाे ।

Nisharg hospital

दुर्घटनामा १६ जना घाइते भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनीहरू मध्ये एक जना अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उद्दार गरि उपचारका लागि सुजङ अस्पतालमा राखिएको छ ।

ok

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाकाे कारण भने नखुलेको प्रहरीले जनाएको छ  ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...