अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

panchodaye

काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

Nast college

अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

Nisharg hospital

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ ।बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो । बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए ।

बर्माको भ्रमणमण्डल नेपाल हुँदै भारत पुग्नेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...