धनगढी विमानस्थलमा पार्किङ शुल्कमा भारी बृद्वि, यातायात मजदुरकाे विराेध

Nisharg hospital

धनगढी । धनगढी विमानस्थलकाे पार्किङ शुल्कमा भारी बृद्वि गरिएको छ ।

pradesh helath nirdesanalaye
gauriganga

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क २०७८ काे नियम ७ सँग सम्बन्धित भन्दै विमानस्थलले नयाँ पार्किङ शुल्ककाे सूची सार्वजनिक गरेकाे छ ।

भदौ १ गतेदेखि लागू हुने भन्दै पार्किङ शुल्क संकलन गर्ने ठेक्का पाएकाे कुलेमष्ट कन्स्ट्रक्सनले शुचि सार्वजनिक गरेपछि विराेध भएकाे छ ।

नयाँ शुल्कअनुसार माेटरसाईकल, स्कुटर र रिक्साकाे प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ, कार, जिप, टेम्पाे, लिमाेजिनकाे प्रतीघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ, हल्का सवारीसाधन मिनी बस, माइक्रो बसकाे प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ,  बस र ट्रककाे प्रतिघण्टा ९० र दिनकाे ५४० रूपैयाँ निर्धारण गरिएको छ ।

विगतमा विमानस्थलमा पार्किङ शुल्क बापत न्यूनतम १० रूपैयाँदेखि २० रूपैयाँसम्म संकलन गरिदै आएकोमा एक्कासि बृद्वि गरिएपछि यातायात मजदुरहरूले विराेध जनाएकाे छ ।।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिमले बृद्वि गरिएको पार्किङ शुल्क घटाउन माग गरेकाे छ ।

शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र बझाउँदै संगठनले पूर्वत शुल्क नै कायम गर्न माग गरेको हाे ।

संगठनका प्रदेश अध्यक्ष ललित चन्दले विमानस्थलले निर्धारण गरेको शुल्कले यातायात मजदुरकाे ढाड सेक्ने भएकाले विगतकै शुल्क निर्धारण गर्न माग गरिएको बताए ।

१५ दिनभित्र माग सम्बाेधन नभए विमानस्थलभित्र पार्किङ गर्न बाध्य नहुने समेत उनलेे बताए ।

मुख्यमन्त्री कमलबहादुर शाह, संगठनले एमाले प्रदेश संसदीय दल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत समेत पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...