धनगढी । माधवी घर्तीमगरको तिज गीत सार्वजनिक भएको छ ।
‘सितलु बनाइ दे छायाले’ बोलदको तिज गीत सार्वजनिक भएको हो। तिज गीतमा स्वर गायिका माधवी घर्तीमगरको रहेको छ।
माधवी र लोकेश मधुकर खनालको गीतमा शब्द रहेका छन्। गीतमा ऐरेन्ज वसन्त साधकको रहेको छ। कैलालीको अत्तरियामा रहेको साधना रेकड्ङि स्टुडियोमा गीत तयार पारिएको हो। तिज गीतको भिडिओमा भीम विष्ट (अछामी रेखा)को निर्देशन रहेको छ।
गीतमा करन साउँद र पूजा मल्ला ठकुरीको अभिनय रहेको छ। गीतको छायाङ्कन अमृत उपाध्यायले गरेका छन्। गीतको सम्पादन भीम विष्टको रहेको छ। तिज गीतमा युवा–युवतीको प्रेम सम्बन्धलाई देखाइएको छ।