धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण

lok8

धनगढी । धनगढी उपमहानगरपालिकाले गत वर्ष झै यो वर्ष पनि खोजीखोजी अपाङ्गता सहायता सामग्री वितरण गरेको छ ।

Nisharg hospital

उपमहानगरले यो वर्ष २१६ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो । यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको हो ।

गत वर्षसमेत अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायक सामग्री वितरण गरिएको थियो। गत वर्ष १८९ जनालाई २०५ वटा सहायक सामग्री वितरण गरिएको थियो ।

१०५ जना पुरुष र ८४ जना महिलालाई गत वर्ष अपाङ्गता सहायक सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

उपमहानगरपालिका क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँच वटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । उनले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न उपमहानगरपालिकाले हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको बताइन् ।

धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्ने कामलाई अभियानकै रुपमा लिएको छ। जसअनुरुप धनगढी क्लस्टर अन्तर्गत पर्ने वडा नम्बर १,२,३,४,५,७ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई शुक्रवार नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको हो । नगरपालिका परिसरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म ५५ जनालाई सहायक सामग्री वितरण गरिएको हो।

यस्तै, बेला क्लष्टरमा पर्ने वडा नम्बर ६, ११ र १३ मा बसोबास गर्ने लाभग्राहीहरूलाई घोड्सुवा स्वास्थ्य चौकीमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सहायक सामग्री वितरण गरिएको थियो । बेला क्लस्टर अन्तर्गतको घोड्सुवा स्वास्थ्य चौकीमा २५ जनालाई सहायक सामग्री वितरण गरिएको जोशीले बताइन्। बेलामा ८० जनालाई सहायक सामग्री वितरण गरिएको हो ।

यो वर्ष उपमहानगरपालिकाले ह्विल चेयर ७५ थान, ट्राइ साइकल ३२ थान, हेयरिङ एड ३३ थान, एल्बो क्रचेज १२ थान, वाकिङ स्टिक ३४ थान, वाकर ३ थान, कमोड चेयर १ थान, सहायक क्रचेज २४ थान तथा ट्रान्सफोमल प्रोथेसिस २ थान वितरण गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले यो वर्ष निस्शुल्क सहायक सामग्री वितरण गरेका २१६ जना मध्ये धनगढी क्लस्टरमा ५६ जनालाई सहायक सामग्री वितरण गरेको छ भने फूलबारी क्लस्टरमा ५२ जना, बेला क्लस्टरमा २९ जना, उर्मा क्लस्टरमा ४९ र जुगेडा क्लस्टरमा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको हो ।

उपमहानगरपालिकाले हरेक वर्ष अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी निस्शुल्क सहायक सामग्री दिने नीति लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...