धनगढी एयरपोटमा दुबई बस्ने युवासँगै समातिएकी महिला श्रीमानलाई फिर्ता !

Rojgar mela

धनगढी । शुक्रबार धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालयले लम्कीचुहा नगरपालिका–८ बस्ने ३५ वर्षीया महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको जनाएको छ ।

महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । मनसुरीका परिवारका सदस्यलाई बोलाइएको छ । उनलाई पनि परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका मनसुरी भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहितधनगढी विमानस्थलबाट पक्राउ परेका थिए । महिलाका घरमा दुई जना छोरा समेत छन् ।

धनगढी विमानस्थलबाट विदेश बस्ने केटासँग भाग्दै गरेकी महिला पक्राउ, दुबईबाट आजै आएका थिए

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...