
धनगढी । धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी छन् ।

कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्रसिंह कार्कीले थापा आइतबार दिउँसो डेरा गरि बस्ने काेठामा मृत भेटिएको बताए ।
उनी काेठाकाे झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेकाे छ ।
अहिले शव उठाइएको छैन । उनकाे शरीरमा घाउ, चाेटपटक रहेकाे प्रहरीकाे भनाइ छ ।
थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।
