बझाङ पहिराेमा बेपत्ता चार जनाकाे शव निकालियाे

धनगढी । बझाङमा पहिराेमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जनाकाे शव निकालिएको छ ।

Nisharg hospital

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले पहिराले पुरिएका बुङ्गल नगरपालिका-१० काे टुमेडाका चारै जनाकाे शव निकालिएको जानकारी दिए ।

उनकाअनुसार पहिराेमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गाेल्की धामी, ६ वर्षीया आकृति धामी र  ३ वर्षीया लक्ष्मी धामी रहेका छन् ।

Samajik mantralaye

उनीहरूकाे शव स्थानीयकाे सहयाेगमा इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको टाेलीले निकालेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) फणीन्द्र भण्डारीसहितकाे टाेली समेत राहत सामाग्रीसहित बुङ्गलतर्फ हिडिसकेकाे छ ।

प्रहरीकाअनुसार राति करीब साढे १ बजेकाे समयमा एक्कासि वीरबहादुर धामीकाे घरमाथिबाट पहिराे गएकाे थियाे ।

पहिराे गएकाे थाहा पाएपछि ६२ धामीसहितका ६ जना भागेर ज्यान जाेगाउन सफल भएका छन् ।
भागेर बाँच्नेमा १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय राेशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जाेशी रहेका छन् ।

घाइते भएका उनीहरूकाे स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...